नेपालमा उरूताेराको पहिलो पाइला

भदौं ११, काठमाडौं । जापानको प्रसीद्द चेन रेष्टुरेन्ट उरुतोराले नेपालमा आफ्नो १३ औं ब्रान्च सञ्चालनमा ल्याएको छ । जापानमै १३ वटा ब्रान्च संचालन गरीरहेको यस रेष्टुरेन्टको नेपालमा भने यो पहिलो पाइला हो । काठमाडौंको बालुवाटारमा सञ्चालनमा ल्याइएको यस रेष्टुरेन्टमा २५ जना कर्मचारी छन् । ३ करोड नेपाली रुपैयाँको लागानीमा खुलेको उरूताराले एक सय जनालाइ एकैपटक सर्भिस दिन सक्छ ।

जापानीज खानाका साथसाथै यहाँ नेपाली खाना बन्छ । जापानमा काम गरेर फर्किएका नेपाली कुक र अन्य कर्मचारीले सेवा दिनेयो रेस्टुरेन्टमा जापानबाट समेत कर्मचारीहरु आउने गरेका छन् । नेपालको पोखरा र चितवनमा समेत शाखा खोल्ने योजना उरुतोरा रेष्टुरेन्टको रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु