नेप्लीज अस्ट्रेलियन युथ एशोसिएसनको साधरणसभा सम्पन्न, नयाँ कार्यसमीतिको चयन

भदाै ११, सिड्नी । अस्ट्रेलियाको नेपाली समुदायबीच छोटो समयमै लोकप्रीय बन्न सफल नेप्लीज अस्ट्रेलियन युथ एशोसिएसन(नया)को शुक्रबार सिड्नीको रकडेलस्थीत इन्द्रेणी फक्सन सेन्टरमा साधारणसभा सम्पन्न भएको छ । नयाले सिडनीमा युवाहरुलाई ध्यानमा राख्दै भलिबल,बास्केटबल, क्रिकेट लगायतका खेल प्रतियोगिताहरुको आयोजना गर्नुका साथै सामाजिक सदभावका लागि क्रुज पार्टी र नेपालको शैक्षिक क्षेत्रमा समेत सहयोग पुर्‍याउँदै आएको छ । सभाको  उदघाटन नेपाली राजदुतावासका काउन्सिलर राजेन्द्र पाण्डेले गनुभएको छ ।

शुक्रबार भएको साधारणसभाबाट दुइ वर्षे कार्यकाल रहने गरी प्रकाश खरेलको अध्यक्षतामा नयाँ कार्य समीति चयन भएको छ ।  नयाँ चुनीएको कार्यसमीतिको उपाध्यक्षमा सुमन बोहरा,निजन चौलागाई र पुजा चन्द, महासचिबमा प्रकाश अर्याल, सचिवमा दिपेन्द्र भण्डारी र सहसचिवमा कुन्जा बस्नेत राना चयन भएका छन्।

यस्तै कार्यसमीतिको इभेन्ट संयोजकमा अनुपराज न्यौपाने ,पब्लीक अफीसरमा लोचन धिताल, प्रवक्तामा हिरा कडेंल ,कल्चर कोर्डिनेटरमा अनुजा शर्मा, खेलकुद संयोजकमा द्धारिका दवाडी र आइटी संयोजकमा किरण अधिकारी तथा कार्यसमीति सदस्यहरुमा सागर काफ्ले, नारायण प्रशाद पाण्डे,अर्जुन गौतम ,विजय पौडेल ,खगेन्द्र सत्याल,ओजु जोशी,प्रेम निरौला र बिश्वास अधिकारी निर्वाचित भएका छन् । कार्यक्रममा नयाँ चुनीएका प्रकाश खरेलको टिमलाई यसअघिकाे कार्यसमीतिका अध्यक्ष कोमलराज पाठकले नेतृत्व हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा पुर्व अध्यक्ष कोमलराज पाठकले पछिल्ला चार वर्षमा संस्थाले गरेका समाजिक कार्यको विवरण प्रस्तुत गरेका थिए । अध्यक्षमा चुनिएका खरेलले छोटो समयमा युवाहरुको ढुकढुकी बन्न सफल नयाको गरिमा बचाउन आफूले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु