इङ्लिस प्रिमियर लिगमा आज ६ खेल हुदैं

भदौ १०, काठमाडौं। आज इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत ६ वटा खेल हुँदै छन् ।

नेपाली समयअनुसार आज साँझ सवा ५ बजे हुने पहिलो खेलमा वर्नमाउथ र म्यानचेस्टर सिटी भिड्दै छन् ।

त्यसैगरी पौने ८ बजे चार वटा खेल हुने छन् । क्रिस्टल प्यालेस र स्वान्सी सिटी, हडर्सफिल्ड टाउन र साउथह्याम्पटन भिड्दा सोही समयमा न्यूक्यासल युनाइटेड र वेस्टह्याम युनाइटेड तथा वार्ट फोर्ड र ब्राइटनबीच प्रतिस्पर्धा हुँदै छ ।

आजै राति सवा १० बजे अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइडेड र नवौं स्थानमा रहेको लेस्टर सिटीबीच पनि प्रतिस्पर्धा हुने छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु