६ महिनामा साढे ८२ करोड राज्यकोषबाट बाँडियो, पाउनेको नाम गोप्य

१० भदौ, काठमाडौं । गृह मन्त्रालयले गत आर्थिक वर्षको अन्तिम ६ महिनामा मात्र विभिन्न शीर्षकमा करिब ८२ करोड ६४ लाख ९१ हजार रुपैयाँ वितरण गरेको छ । मन्त्रिपरिषदबाट निर्णय गराएर गृहले राज्यकोषबाट ठूलो रकम पहुँचवालाहरुलाई वितरण गरेको हो ।
स्रोतका अनुसार आर्थिक सहायता, मृतक आर्थिक सहायता, उपचार सहायता, मधेस आन्दोलनका घाइतेलाई उपचार खर्चलगायतका शीर्षकमा सहायता पाउनेको संख्या १ हजार ३ सय ३० छ । आर्थिक सहायता पाउनेको नामावली भने गृहले गोप्य राखेको छ ।
मन्त्रालय स्रोतका अनुसार, उक्त रकम पूर्व गृहमन्त्री विमलेन्द्र निधिका पालामा मात्र बाँडिएको हो ।

सम्बन्धित शिर्षकहरु