नेपाल आइडलमा सकियो सुजताको यात्रा

भदौं १०, काठमाडौं । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको लोकप्रिय कार्यक्रम नेपाल आइडल ‘गाला राउन्ड’ को ‘फाईभ’वाट सुजता पाण्डेय बाहिरीएकी छिन् । शुक्रबार प्रसारण भएको कार्यक्रममा डेन्जरजोनमा बुद्ध लामा, प्रताप दास र सुजता पाण्डेय परेका थिए ।
दर्शकको कम भोट पाएर तिलोत्तमा, बुटवलकी २१ वर्षीय पाण्डेलाई आउट घोषणा गरिएको हो।

नेपाल आइडलमा अब बुद्ध लामा, प्रताप दास, सागर आले र निशान भट्टराई रहेका छन्। अरुणा लामा, तारादेवी र नयाँ पुस्तामा मेलिना राईको स्वर मन पराउने सुजाता पाण्डेय पनि नेपाल आइडलको उत्कृष्ट पाँच सम्म आईपुगेकी थिईन् । बुटवलबाट अडिसन दिएकी उनी मेहनत र दर्शकको मायाका कारण यो स्थानसम्म आएको बताउँछिन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु