देउवाको स्वागतमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज

भदौ ७, दिल्ली । पाँच दिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वाग गरेकी छिन् । देउवालार्इ कसले स्वागत गर्ने भन्ने विहान अवेरसम्म सार्वजनिक नगरेपनि इन्दिरा गान्धी विमानस्थलमा पुगेर स्वराजले स्वागत गरेकी हुन् । आज नयाँ दिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेरको विश्रामपश्तात प्रधानमन्त्री देउवाले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा धर्मपत्नी सांसद डा. आरजु राणा देउवाका साथ ६० जनाको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा अाज बिहान निस्केका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु