राहत लिएर चीनदेखि तरार्इसम्म

भदौ ६, सौराहा । चिनियाँ पर्यटकहरुले चितवनको पर्यटकीय क्षेत्र सौराहाको स्थानीय बान्सी गाउँमा राहतका सामग्री वितरण गरेका छन् । २० चिनियाँ फाटोग्राफरहरुले सोमबार पिडितहरूलाई एक समारोहका बीच लत्ताकपडा र शैक्षिक सामग्री वितरण गरेका हुन् । कार्यक्रममा साइनो नेपाल मिडिया सोसाइटी, क्षेत्रीय होटल संघ चितवन, युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था, स्थानीय जनप्रतिनिधि र सुरक्षाअधिकारीको उपस्थिति थियो ।

साइनो नेपाल मिडिया सोसाइटीको पहलमा चिनियाँ पर्यटकको समूहलाई चितवन पुर्याइएको हो । चिनियाँ सञ्चारमाध्यममा छाएको डुवानको समाचारलगत्तै नेपाल भ्रमण रद्द गर्ने योजना बनाए उनीहरूलार्इ सोसाइटीले औपचरिकरुपमा सुरक्षाको प्रतिवद्धता जनाएपछि चिनियाँ फोटोग्राफरहरुले राहतका सामग्रीसमेत बोकेर आएका थिए ।

नेपालमा बाढी अाएको समाचार चीनमा भाइरल भएको छ र त्यसले नेपालको दक्षिणी भाग असुरक्षित छ भन्ने सन्देश चीनभरि अझै पनि ब्यप्त रहेको उनीहरूले बताएका छन् । अन्य देशका पर्यटकहरु पनि सौराहामा देखिन थालेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु