बझाङ केन्द्रविन्दु भएर मंगलबार बिहान पराकम्प नभर्इ भूकम्प नै गयो

भदौ ६, काठमाडौं । बझाङको कोइरालाकोट केन्द्रविन्दु भएर मंगलबार बिहान ६ बजेर ३५ बजे ४.९ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र ४.९ रेक्टर स्केलको यो पराकम्प नभर्इ भूकम्प नै भएको जनाएको छ ।

बाजुरा, हुम्ला, दार्चुला, बैतडी, डोटी, अछामलगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरीएको छ । भूकम्पबाट हालसम्म कुनै पनि क्षति नभएको जानकारी प्राप्त भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु