सिलवालले समातेका ३३ किलो अवैध सुनकाे मालिक ७ महिनापछि युएईबाट पक्राउ

भदौ ५, काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले ७३ साल पुस २१ मा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको पार्किङबाट १५ करोड मुल्य बराबरको ३३ किलो अवैध सुन बरामद गरेको थियो । तत्कालिन सिआईबी प्रमुख डिआईजी नवराज सिलवालको नेतृत्वमा विदेशबाट अवैध रुपमा ल्याइएको ३३ किलो सुन बरामद भएको थियो । सोहि क्रममा सुन बोक्ने दुई जना भरिया पक्राउ परेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ३३ किलो अवैध सुनका मालिकलाई युएईबाट पक्राउ गरेको छ । सोहि भरियाहरू सँगको सोधपुछ पछि प्राप्त वयानका आधारमा भन्सारका कर्मचारी र प्रहरीकै एक एसएसपीको संलग्नता तस्करी भएको पत्ता लागेको थियो । उनीहरूलार्इ निलम्बन गरी गरीएको लामो ७ महिनाको अनुशन्धानपछि अहिले सुन तस्करीका मुख्य नाइके राजन प्रसाद पन्तलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको विशेष टोलीले युएई प्रहरीको सहयोगमा पन्तलार्इ पक्राउ गरेको हो ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु