अष्ट्रेलियामा युवा कवि महेश्वर शर्माको “प्रवासका जूनहरू” बिमोचित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भाद्र ४, क्यानबेरा । प्रवासमा रहेर नेपाली साहित्य र समाजसेवामा सक्रिय कवि महेश्वर शर्माको कविता संग्रह “प्रवासका जूनहरू” को विमोचन तथा एकल कविता वाचन समारोह सम्पन्न भएको छ ।

कवि शर्माले ” बुबा आमा र प्रमुख अतिथी साक्षि राखेर प्रवासमा रहेका सबै युवाहरुप्रति लक्षित गर्दै संकल्प गरौं भने र भने “एउटा सिंङ्गो घरको छानो छाउन दाइ विदेश जान्छ भाईहरु डाक्टर र ईन्जिनियर पढ्न विदेश जान्छन । सिंङ्गो घर कुरेर बसेका बा र आमा भन्दैछन,ठूलो छोराले घरको छानो छाउँछ डाक्टर छोराले विरामी आमा जाँच्छ र ईन्जिनियर छोराले अब मोटर हिँड्ने बाटो बनाउँछ। बा आमा यो पनि भन्दैछन बुढेशकाल हामी तिनै छोरा सँगै बिताउँछौँ । तर ती छोराहरु घर फर्केनन् भने ? आज लाखौँ डाक्टर ईन्जिनियर छोराहरु प्रवासमा छन बा र आमा भन्दैछन कहिले फर्केलान मेरा छोराहरु यस्तै यस्तै ।”  सो समारोहमा कवि शर्माले आफ्ना मार्मिक ४ वटा कविता वाचन गरेका थिए । कविता वाचन गर्दा सबै उपस्थित महानुभावहरु मन्त्र मुग्ध भएका थिए।

सो कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै अष्ट्रेलियाका लागी नेपाली राजदुत महामहिम लक्की शेर्पाले कवी महेश्वर शर्मा जस्तै सबै छोराहरुले बाबु आमा र देश प्रति यस्तै सोच राखिदिने हो भने देश परिवर्तन हुन समय नलाग्ने कुरा बताइन, युवा युवतिहरुले आफुले सिकेको सिप ज्ञान आफ्नै देशमा भित्रयाउनको निम्ती शर्माले दिएको सन्देश सबैले बुझ्नु पर्ने र कवी महेश्वर शर्मामा जस्तै नेपाल प्रतिको दायित्वबोध सबैमा हुनु पर्नेमा जोड दिइन। सो समारोहमा पुस्तक समिक्षा केदार पोखरेलले गरेका थिए । अनेसासका केन्द्रिय उपाध्यक्ष विश्व शान्ति दूत तथा सकारात्मक सोंच अभियन्ता भीमसेन सापकोटाले (आचार्य राजन शर्मा ) साहित्यका क्षेत्रका अष्ट्रेलिया अघि रहेको र महेश्वर शर्मा जस्ता कविहरुले भोलीका दिनमा नेपाली साहित्यलाई प्रवासमा जोगाईराख्न महत्वपूर्ण भूमिका खेल्ने कुरा बताए ।

नेपालको त्रिभुन अन्तर्राष्ट्रिय विमान स्थल सरसफाई गरि आफ्नो सिप स्थानान्तरण गरेका खेम्स किल्निङ्गका प्रबन्ध निर्देशक खेम शर्माले महेश्वर शर्माको मुक्त कण्ठले प्रशंस्सा गरेका थिए । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्यीक ब्यक्तित्वहरु, र थुप्रै बुवा आमाहरु उपस्थिती थियो ।

कार्यक्रमको समापन गर्दै अनेसास एनएसडब्लु की अध्यक्ष सानु घिमिरेले आफनै बारीको फूल अझै महतवपूर्ण र राम्रो लाग्ने कुरा बताइन । कार्यक्रममा लेखकको हस्ताक्षर सहित पुस्तकलाई बिक्रिको ब्यवस्था गरिएको थियो भने सो कार्यक्रमलाई राम न्यौपानेले संचालन गरेका थिए ।

 

158 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु