पोखरामा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’ गर्दै एक्सपर्ट

भदौ १, पोखरा  । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराले अाज होटल बाराही लेकसाइडमा ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’(शैक्षिक मेला) आयोजना गर्न गर्इरहेको छ । एक्सपर्ट पोखराका निर्देशक रमेशकुमार थापाले बताउनुभए अनुशार शैक्षिक मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।  यस शैक्षिक मेलामा अष्ट्रेलियाका १० वटा विश्वविद्यालय तथा क्याम्पसहरूले प्रतिनिधित्व गर्ने छन् ।

” उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हो । फेयरमा अष्ट्रेलियाबाट आएका दक्ष काउन्सिलरले परामर्श प्रदान गर्नेछन्, उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि फेयर निकै उपयोगी हुने विश्वास लिएका छौँ ” उहाँले भन्नुभयो । मेलामा विद्यार्थीलाई अष्ट्रेलियाको उच्च शिक्षासम्बन्धी सम्पूर्ण जानकारी दिइने छ ।

सम्बन्धित शिर्षकहरु