चक्रपथमा बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी चल्न रोक, विभिन्न नाकामा पार्किङस्थलको व्यवस्था

साउन ३२, काठमाडौं । काठमाडाैँको बढ्दो सवारी जामलार्इ व्यवस्थित गर्ने उदेरश्यले सरकारले बिहिवारदेखि काठमाडौंको चक्रपथमा ट्रक, ट्रिपर र मिनिट्रक चल्न अांशीक रोक लगाउने भएको छ । भोलि अर्थात भदौ १ गतेबाट लागु हुने गरी बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म चक्रपथमा मालबाहक सवारी चल्न रोक लगाउने निर्णय सरकारले गरेको छ । पेट्रोल, ग्यास, पानी लगायत अत्यावश्यक सेवाका सवारीहरूलार्इ भने यो नियम लागु हुने छैन । लामो समय जाममा पर्दा यात्रुले दुःख खेप्नुपरेको र समय वर्वाद भएकाले उक्त निर्णय लिइएको हो ।

बिहाज ८ बजे देखि बेलुकी ७ बजेसम्मका लागी उपत्यका भित्रिने विभिन्न नाकामा मालबाहक सवारीका लागि पार्किङस्थल समेत तोकिने भएको छ। तोकिएको समयावधी भर सवारीले सो पार्किङ काटेर काठमाडौंतर्फ आउन पाउने छैनन् । यदी नियम उलंघन भएमा सवारी तथा यातायात व्यवस्था ऐन अनुसार ५ हजार जरिवाना तिरार्इने भएको छ ।

पृथ्वीराजमार्ग हुँदै आउने मालबाहक सवारीका लागी नौबिसे, गोदावरीतर्फबाट आउने ट्रक/टिप्परका लागी धापाखेल र अरनिको तथा वीपी राजमार्गबाट आउने सवारी साधनका लागी बनेपा र नुवाकोट तर्फबाट आउने मालबाहक सवारीलाई झोर र मुडेमा पार्किङको व्यवस्था गरिको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु