ग्यास सिलिन्डर पड्किँदा दुई घर जलेर नष्ट

साउन ३२, नुवाकोट । खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा मंगलबार शिवपुरी गाउँपालिका–७ सुनखानीको पन्तथोकमा दुई घर जलेर नष्ट भएको छ । खान पकाउँदै गरेको समयमा सिलिन्डर पड्किएर आगलागी हुँदा राजेन्द्र भण्डारी र उनको भाई अरुणको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

आगलागीबाट नगद, सुनचाँदी, लत्ताकपडा, भाँडाकुँडा गरी रु १५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । सिलिन्डर पड्केर आगलागी भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । रासस

Comments

comments

सम्बन्धित शिर्षकहरु