एनआरएनए र झापाली समाजद्वारा बाढीपिडितहरूलार्इ सहयोग गर्न अपिल

साउन ३०, सिड्नी । गत बिहिवार देखि अाएको लगातार बर्षाका कारण भएको बाढी-पहिरोले विशेषगरी नेपालको तरार्इ क्षेत्रमा ठुलाो मात्रामा जनधनको क्षति भएको छ भने ७० भन्दा बढीले ज्यान गुमार्इ सकेका छन् । यसको चपेटामा पर्ने पिडितहरूका लागी देश तथा विदेशबाट सहयोगका हातहरू अघि बढिरहेका छन् । यस्तै सहयोगका हातहरू अघि बढिरहेका बेला राहत संकलनमा एनआरएन अष्ट्रेलिया र झापाली समाज अष्ट्रेलियाले पनि पिडितहरूको सहयोगको शुरुवात गरेका छन् । नेपाल र नेपाली भावविहोल अवस्थामा रहेका बेला अष्ट्रेलियामा रहेका सबै नेपालीहरुलाई एकजुट भर्इ सहयोग गर्न गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाले आग्रह गरेको छ । सहयोग गर्न र्इच्छुक महानुभावहरूले देहायोको बैकं खातामा रकम जम्मा गरी एनआरएनको सहयोग कार्यक्रममा सहभागी हुन सक्नुहुने छ ।
Account Name: NRNA Disaster Relief Account
BSB: 032006
Account Number: 595128
Ref: YourNameState Flood

यसैगरी देहायको बैकं खातामा रकम जम्मा गरी झापाली समाज अष्ट्रेलियामार्फत पनि नेपालका बाढीपिडीतलाई सहयोग गर्न सकिने छ ।
Account Name: Jhapali Samaj Australia
BSB: 062 443
Account Number: 1111 9317
Ref: YourNameFloofRelief

एक सातामा २ करोड नेपाली रुपयां सकलन गर्ने लक्ष लिएको एनआरएनमार्फत घले दम्पतिले १ करोड रकम सहयोग गर्ने घोषणा गरिसकेका छन । यसैगरी एनआरएन संरक्षक जीवा लामीछाने, उपादक्षहरु भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी र सचिव अर्जुन श्रेष्ठले जनहि १ लाख रुपया र प्रवक्ता रञ्जु थापाले ५० हजार रुपया सहयोग गर्ने घोषणा गर्नुभएका छन । झपाली समाजले तत्कालका लागी सहयोग गर्न नेपाली रुपयाँ पाचा लाख संकलन गर्ने लक्ष लिएको छ जसमध्ये तीन लाख संकलन भइसकेको जनार्इएको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु