नारायणगढ-मुग्लिन राजमार्ग पहिरोले अबरुद्ध

साउन २८,चितवन । लगातारको वर्षासंगै पहिरो खसेपछि फेरी चितवनको नारायणगढ मुग्लिन सडक अबरुद्ध भएको छ ।

मुग्लिनको प्रवेश गर्ने मुख्य द्वारमा र भालुढुंगामा पहिरो आएपछि शनिवार दिउँसो बाट राजमार्ग अबरुद्ध भएको हो । पानी परी रहेकोले पहिरो हटाउन कठिन भएको सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

राजमार्ग अबरुद्ध भएसंगै सवारी साधनहरु ठाउँ ठाउँमा रोकिएका छन् । भने वर्षात सुरु भएसंगै राजमार्गमा जोखिम बढेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु