करीब पाँच वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुँदै

साउन २८, काठमाडाैँ । करीब पाँच वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने भएको छ । चीनका उपप्रधानमन्त्री वाङ याङ पाकिस्तानको ७०औँ स्वतन्त्रता दिवसमा सहभागी भर्इ सोमबार काठमाडौँ उत्रिने भएका हुन् । चीनको परराष्ट्र मन्त्रालयले उपप्रधानमन्त्री वाङ चार दिने पाकिस्तान र नेपाल भ्रमणका लागि आइतबार इश्लामावाद प्रस्थान गर्ने जनाएका छ । वाङको भ्रमण सँगै चीनमा नयाँ प्रधानमन्त्री चयन भएपछि पाकिस्तान पुग्ने वाङ पहिलो शीर्ष चिनियाँ नेता हुनेछन् । चिनियाँ उपप्रधानमन्त्री वाङको नेपाल भ्रमणमा भूकम्पपछिको पुनर्निर्माणमा चीनले गर्दै आएको सहयोग, बेल्ट एण्ड रोड इनिसिएटिभ लगायतका विषयमा छलफल हुनेछ।’ काठमाडौँमा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुई पक्षीय भेटवार्ता गर्नेछन्।

चीनका तत्कालिन प्रधानमन्त्री वेन जियाबाओले पाँच वर्षअघि पाँच घण्टाका लागि नेपाल भ्रमण गरेयता काठमाडौँ आउने वाङ पहिलो शीर्ष नेता हुन्। सन् २०१३ मा चीनमा नयाँ नेतृत्व आएलगत्तै चीनको मन्त्री परिषद्मा विदेश मामिला हेर्ने स्टेट काउन्सिलर याङ जेइचीले नेपाल भ्रमण गरेका थिए भने भूकम्पपछि काठमाडौँंमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा परराष्ट्र मन्त्री वाङ यी सहभागी भएका थिए।

तत्कालिन प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा दुई देशबीच ब्यापार तथा पारबहन सम्झौता भएपछि राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्ने तयारी थियो। राष्ट्रपति सीको भ्रमण हुन नसके पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रकाशन विभागका प्रमुख लिउ छिपाओले गत पुसमा नेपाल भ्रमण गरेका थिए।

 

 

 

20 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु