अमेरिकालाई बर्बाद पार्ने यस्तो छ उत्तर कोरियाको रणनीति, सेनाको शक्ति प्रदर्शन

साउन २८, एजेन्सी । अमेरिकाले लगातार आक्रमण गर्ने धम्की दिएपछि रिसाएको उत्तर कोरियाको सेनाले सडकमा उत्रिएर आफ्नो शक्ति प्रदर्शन गरेको छ । यहाँका शीर्ष सैनिक कमाण्डरहरुले किम जोङ उनको समर्थनमा सडकमा परेड निकालेका छन् ।

प्योङयाङमा फादरल्याण्ड लिबरेशन वार भिक्ट्री मोन्युमेन्टनजिकै सेनाले यो परेड निकालेको थियो । यसमा किमका समर्थकहरुले एक लाइनमा उभिएर देशको पक्षमा नारा लगाए ।

सो परेड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि निकालिएको हो । ट्रम्पको धम्कीपछि उत्तर कोरियाका हजारौं नागरिकले पनि सडकमा आएर बिरोध गरेका छन् । भने यो परेडपछि उत्तर कोरियाली पुनः एकपटक अमेरिकालाई माटोमा मिलाइदिने धम्की दिएको छ । यो बयान उत्तर कोरियाको केसिएनए न्यूजको तर्फबाट जारी गरिएको हो ।

एजेन्सीले अमेरिकी सेनालाई बारम्बार उक्साउने र बिनाकारण निहुँ खोजेको परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । वक्तव्यमा भनिएको छ ‘उत्तर कोरियाको दृढ इच्छाशक्तिका कारण अमेरिका नष्ट हुनेछ ।’ यसअघि पनि उत्तर कोरियाले गुआम आइल्याण्डमा परमाणु आक्रमणको चेतावनी दिएको थियो ।

 

62 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु