अमेरीका माथि हमला भएमा एन्ज्युस सन्धीका अाधारमा अष्ट्रेलियाले त्यसको जवाफ दिने

असनेपाल न्युज । अष्ट्रेलियन प्रधानमन्त्री माल्कोल्म टर्नवुलले यदि उत्तर कोरीयाले अमेरीका माथि हमला गरेमा अाफुहरू पनि उत्तर कोरीयालार्इ जवाफ दिन तयार रहेको बताएका छन् । उत्तर कोरीयाले अमेरीकाको ग्वाम प्रान्तमा चार वटा मिसायल छोड्ने बताएसँगै अमेरीकी राष्ट्रपति ट्रम्पले यसो गरेमा उत्तर कोरीयाले ठुलो मुल्य चुकाउन पर्ने बताएका थिए । यदि अमेरीका माथि हमला भएमा एन्ज्युस सन्धीका अाधारमा अाफ्नो देशले कर्तव्य निभाउने टर्नवुलले बताए । यदि कसैले पनि अमेरीकालार्इ अाक्रमण गर्छ भने अाफु अमेरीकासँग मिलेर त्यसको सामना गर्ने उनले बताएका छन् । एन्ज्युस सन्धी अनुशार यदि अष्ट्रेलियालार्इ पनि कसैले अाक्रमण गर्छ भने अमेरीकाले त्यसको जवाफ दिन पर्ने हुन्छ । अमेरीकासँगको साझेदारी अाफ्नो देशको सुरक्षाको कोसेढुङ्गा भएको टर्नवुलको भनार्इ छ ।

के हो त एन्ज्युस सन्धी

एन्ज्युस सन्धी एउटा सुरक्षा सन्धी हो जसमा अमेरीमा, अष्ट्रेलिया र न्युजल्यान्डले सन् १९५१ मा हस्ताक्षर गरेका थिए । सन्धी अनुशार यदि यी तीन देश मध्ये कुनै एकमा खतरा अार्इ परेमा तीनै देश एक ढिक्का भएर अापशी सल्लाह गरी त्यसको विरूद्द लड्ने छन् । न्युजल्यान्डले भने सन् १९८० मा यस सन्धीबाट हात झिकिसकेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु