ट्रम्पको उत्तर कोरियामाथि भयानक आक्रमण गर्ने चेतावनी, जापानमा हाई अलर्ट घोषणा

असनेपाल न्युज, न्यूयोर्क । उत्तर कोरियाले अमेरिकाकी गुमआम सैनिक अखडालाई निशाना बनाई हमला गर्ने बताएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि विश्वले कहिल्यै नदेखेको आक्रमण अमेरिकाले गर्ने चेतावनी दिएका छन् । यसका लागी तयारी भइरहेको पनि उनले बताएका छन् । दक्षिण कोरियाका एक सैन्य अधिकारीका अनुसार गत साता अमेरिकी बमबर्षक जहाज बी १ लेन्सर्सले दक्षिण कोरियाको आकासमा उडान भरेको थियो । उत्तर कोरियाबाट २ हजार १ सय २८ माइलको दुरीका रहेको अमेरिकाको गुआम सैनिक अखडालाई हमला गर्ने तयारी उत्तर कोरियाले गरेको छ ।

जापान सरकारले छिमेकी देश उत्तर कोरियाप्रति आक्रामक शैलीलाई मध्यनजर गर्दै देशमा हाई अलर्ट घोषणा गरेको छ । जापानी सरकारी न्यूज एजेन्सी क्योदोका अनुसार रक्षामन्त्री इत्सुनोरीले भनेका छन्, ‘उत्तर कोरियाबाट आइरहेको खतरा यो हदसम्म पुगेको छ कि अब हामी होसियार हुनुपर्छ ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु