डा. बाबुराम भट्टराईको प्रोस्टेट ग्रन्थीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

साउन २०, काठमाडाैँ । भक्तपुरस्थित नागरिक अस्पतालमा डा. राजेश बर्माको टोलीले पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको प्रोस्टेट ग्रन्थीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। भट्टराई लामो समयदेखि प्रोस्टेट ग्रन्थीको समस्याले ग्रस्त थिए। औषधि सेवन गर्दापनि ग्रन्थी सुन्निने समस्या कम नभएपछि उनको सल्यक्रिया गरिएको हो।

भट्टराई पुत्री मानुषी यमी भट्टराईले उनको सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी हुन् । उनले लेखेकी छिन्, ‘बा को prostrate TURP surgery सफलतापूर्वक सम्पन्न भएको छ! डा. राकेश वर्मा लगायत नागरिक कम्यूनिटी अस्पतालको सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद’।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु