विश्व फुटबलमा अहिलेसम्म को-को भए विश्व कीर्तिमानी रकममा अनुबन्धित

साउन २०,एजेन्सी । विश्व कीर्तिमानी मूल्यमा खेलाडीहरु बिक्री हुने गरेका छन् । जसमा अहिले सम्मको विश्व कीर्तिमानी रकममा स्पेनिस क्लब बार्सिलोनका ब्राजिलियन स्टार स्ट्राइकर नेइमार अहिलेसम्मकै धेरै रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएका छन् ।

नेइमार २२ करोड २० लाख युरोमा पिएसजी गएका हुन् । पिएसजीमा नेइमारले १० नम्बर जर्सीमा खेल्नेछन् । उनले आउँदो शनिबार पिएसजीबाट पहिलो खेल एमियन्सविरुद्ध खेल्ने भएका छन् । शुक्रबारदेखि नै उनी पिएसजीका आधिकारिक खेलाडी भएका छन् । विश्व कीर्तिमानी मूल्यमा पिएसजी गएका नेइमारले त्यहाँ हप्ताको ८ लाख ६५ हजार युरो पारिश्रमिक पाउने छन् । यसको अर्थ २५ वर्षका नेइमारले पिएसजीबाट करसहित वर्षको चार करोड ५० लाख युरो पारिश्रमिक पाउने छन् ।

सन् १९९२ देखि अहिलेसम्मका विश्व कीर्तिमानी रकमहरु कति र कसलाई खर्च भयो? सन् १९९२ – जन-पिएर पापिन – १० मिलियन पाउण्ड – मार्सेबाट एसी मिलान सन् १९९२ – जिआनलुका भिआली – १२ मिलियन पाउण्ड -साम्पडोरिया बाट युभेन्टस सन् १९९२ – जियानलुइजी लेन्टिनी – १३ मिलियन पाउण्ड – टोरीनो बाट एसी मिलान सन् १९९६ – रोनाल्डो नाजारियो – १३.२ मिलियन पाउण्ड – पिएसभी बाट बार्सिलोना सन् १९९६ – एलन सिअरर – १५ मिलियन पाउण्ड -ब्ल्याकबर्न बाट न्युकासल सन् १९९७ – रोनाल्डो नाजारियो – १९.५ मिलियन पाउण्ड – बार्सिलोना बाट इन्टर मिलान सन् १९९८ – डेनिल्सन – २१.५ मिलियन पाउण्ड – साओ पाउलो बाट रियल बेटिस सन् १९९९ – क्रिस्टियन भिएरी – ३२.१ मिलियन पाउण्ड -लाजियो बाट इन्टर मिलान सन् २००० – हर्नान क्रेस्पो – ३५.५ मिलियन पाउण्ड – पार्माबाट लाजियो सन् २००० – लुइस फिगो – ३७ मिलियन पाउण्ड -बार्सिलोना बाट रियल म्याड्रिड सन् २००१ – जिनेदिन जिदान – ४७.२ मिलियन पाउण्ड – युभेन्टस बाट रियल म्याड्रिड सन् २००९ – काका – ५९ मिलियन पाउण्ड – एसी मिलान बाट रियल म्याड्रिड सन् २००९ – क्रिस्टियानो रोनाल्डो – ८० मिलियन पाउण्ड – म्यानचेस्टर युनाइटेड बाट रियल म्याड्रिड सन् २०१३ – ग्यारेथ बेल – ८५.३ मिलियन पाउण्ड – टोटेनहम हट्स्पर बाट रियल म्याड्रिड सन् २०१६ – पल पोग्बा – ९३.२५ मिलियन पाउण्ड – युभेन्टस बाटम्यानचेस्टर युनाइटेड सन् २०१७ – नेयमार – १९८ मिलियन पाउण्ड -बार्सिलोना बाट पेरिस सेन्ट जर्मेन (पिएसजी)

Comments

comments

सम्बन्धित शिर्षकहरु