नेपाली सोसाइटी तास्मानीयाको वार्षीक साधरण सभा सम्पन्न

असनेपाल न्युज । नेपाली सोसाइटी तास्मानीयाले ३० जुलार्इ २०१७ अाइतबार वार्षीक साधरण सभा अायोजना गरेको छ । सभा अष्ट्रेलिया स्थित ब्यङ्कशीया रूम,रोयल बोटानीकल गार्डेन,क्वीन्स होबर्टमा भएको थियो । सभामा उपस्थित सहभागीहरूलार्इ विशेष महत्वका रूपमा लिर्इ जलपानको पनि व्यवस्था गरिएको छ । सभामा सदयस्यता नवीकरण तथा नया तथा पुराना सदस्यबाट सदस्यता शुल्क उठार्इनुका साथै नव अागन्तुक सदस्यहरूलार्इ अध्यक्ष द्वारा स्वागत, सोसाइटिको कार्यकारी प्रतिवेदन, समस्या तथा प्रगतिमाथि छलफल, समिति तथा उपसमितिका उपस्थित सदयहरूलार्इ अध्यक्षका तर्फबाट धन्यवाद ज्ञापन,अावश्यक संसोधन र नयाँ कार्यसमीति चयन भएको थियो । सभामा कोषाध्यक्षले वित्तीय प्रतिवेदन पनि पेश गरेका थिए । यसैगरी सभामा उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र ५ साधरण सदस्यहरूको पनि चयन गरीएको छ । सभाबाट चुनिएको व्यक्तिहरूको नाम यस प्रकार छ :

अध्यक्ष-प्रदिप, सेकेन्डेड अध्यक्ष-सुजन
उपाध्यक्ष-सन्जय गाैतम
सचिव-पुनम पन्त
कोषाध्यक्ष-राम चालिसे
सदस्यहरू
सविता ढकाल
अनिशा श्रेष्ठ
शिव कर्माचार्य
समिता पोखरेल
प्रविन खरेल

 

Comments

comments

सम्बन्धित शिर्षकहरु