सिडनीमा तीज महोत्सब अन्य बर्ष भन्दा यो बर्ष फरक तरिकाले मनाइंदैछ

 

साउन १६ सिडनी । एनआरएनए वोमन फोरम नारी निकुन्ज अष्ट्रेलिया तथा एनआरएनए एससीसी वोमन फोरम एन्एसडब्लुको आयोजनामा यही अगस्ट १२ मा तीज महोत्सब कार्यक्रम हुने भएको छ ।

नेपाली हिन्दू महिला हरुको महान पर्ब हरितालिका तीजको अवसरमा हरेक बर्ष झै यो बर्ष पनि तीज कार्यक्रम गरेर परोपकारीको लागी र प्रबासमा बसे पनि आफ्नो सस्कार,संस्कृति लाई जगेर्ना गर्ने हेतुले हरेक बर्ष नेपाली महिला हरुको महान पर्ब हरितालिका तीज भब्य रुपमा मनाउदै आएको छ । धेरै भन्दा धेरै महिला हरुलाई कार्यक्रममा सहभागी गराउने उदेश्यका साथ आयोजना गरिने कार्यक्रम् बाट उठेको रकम परोपकारी कार्यमा सहयोग गर्ने नारी निकुन्ज अष्ट्रेलियाकी कोर्डिनटर प्रतिज्ञा अधिकारिले बताउनु भयो ।

सिड्निको क्याम्सीमा रहेकोओरिअन फन्सँनमा मनाइने तीज महोत्सब अन्य बर्ष भन्दा यो बर्ष फरक तरिकाले मनाइदैछ। बिहान ११ बजे देखी सुरु गरिने महोत्सब राती १० बजे सम्म चल्नेछ । दिउसोको कार्यक्रममा सास्कृतिक कार्यक्रम र केही स्थानिय कलाकारको गायन समेत रहनेछ। महोत्सबमा बिभिन्न खानाको परिकार,बालबालिका हरुको लागी बिभिन्न मनोरन्जनात्मक सामाग्री पनि रहनेछ।

चर्चित गायिका सुनिता दुलालको मुख्य प्रस्तुती रहने महोत्सबमा दिउसोको टिकट दर प्रतेक एक परिवारलाई ५ डलर रहेको छ भने रातिको टिकट दर अड्ल्ट्को २० डलर रहेको छ । दिउँसोको कार्यक्रमा पुरुषहरुलाई समेत प्रबेशगर्न मिल्नेछ भने रातिको कार्यक्रममा महिला दिदी बहिनी र बालबालिकाको मात्रै सहभागी रहनेछ ।

कार्यक्रम बाट उठेको रकम निकुन्जले परोपकारीमा उपयोग गर्दै आएको छ । नेपालको करिब ५ वटा जिल्लाका ५०० भन्दा बढी पाठेघर खस्ने रोग बाट पीडित महिलाहरु लाई निःशुल्कमा उपचार गरिसकेको छ ।

त्यसै गरी निकुन्जले नेपालमा गरीबी र अशिक्षितको चपेटामा परेका महिला हरु लाई कसरी आत्म निर्भर गर्न सकिन्छ र उनी हरुको दैनिक जिबनमा आउने आर्थिक संकट बाट उन्मुक्त पार्न को लागि सिप मुलक तालिम , कृषि तालिम लगएतका कार्यक्रम हरु सन्चालनमा ल्याएको छ ।

सस्थाले बिनासकारी भुकम्प बाट क्षती ग्रस्त गोर्खाको एक स्कुल पुन निर्माणको लागि सहयोग स्वरुप आर्थिक रकम पनि उपलब्ध गरेको छ ।आजका बाल बालिका भोलीका कर्णदार र उनी हरुलाई उचित शिक्षाको आबश्यक रहेको भन्दै हरेक बर्ष नेपालको बिपन्न बर्गका २ बालबालिकाहरु लाई छात्रवित्रीको ब्यबस्था पनि गरेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु