नेपालकै सबैभन्दा अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको पहिचान खुल्यो

साउन १५, कुश्मा । शनिबार राति १० बजे नेपालकै सबैभन्दा अग्लो कुस्मा –ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको पहिचान खुलेको छ । घुमघामका लागि पर्वत सदरमुकाम कुश्माबजार आइपुगेको एक युगल जोडीले पुलबाट हामफालेर आत्महत्या गरेको थिए । आत्महत्या गर्नेमा धरान उपमहानगरपालिका-११ का २६ वर्षीय अंकिन गुरुङ र ललितपुर उपमहानगरपालिका-१४ की मुना राना रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ भने आफन्तहरुलाई खबर गरेर शव बुझ्नका लागि बोलाइएको समेत प्रहरीले जानकारी दिएको छ। उनीहरुको मृत्युको कारण भने पुष्टि हुन सकेको छैन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु