नेपाल आइडलबाट बाहिरिने १० उत्कृष्ट प्रतियोगीलाई बिन्ध्यबासिनी म्यूजिक प्रा.लि बाट यस्तो अवसर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साउन १५,काठमाण्डौं । “नेपाल आइडलबाट बाहिरिएका ९ जनाको स्वरमा एल्बम निकाल्नको लागि विन्ध्यवासिनी म्यूजिक प्रा.लि.ले लगानी गर्ने प्रस्ताव” नेपाली गीत संगीतको श्रीबृद्धि र क्षमतावान स्रष्टा कलाकारको हितमा समर्पित बिन्ध्यबासिनी म्युजिक प्रा.लि.ले नेपाल आइडलमा भाग लिएर १० उत्कृष्ट भित्र पर्न सफल र त्यस बाट बाहिरिने ९ प्रतियोगीहरुलाई आफ्नै लगानीमा एल्बम निकाल्ने अवसर दिने भएको छ ।

बिन्ध्यबासिनी म्यूजिक प्रा.लि.को अनुसार नेपाल आइडल १० उत्कृष्ट बाट बाहिरिने प्रतियोगी गायक गायिकाहरु यदि इच्छुक रहेको खण्डमा उनीहरुलाई पाँच वटा गीत समाबेस गरेर एक-एक वटा एल्बम निकालिदिने बिन्ध्यबासिनी म्यूजिक प्रा.लि.की अध्यक्ष लीना शर्मा रेग्मी मार्फत जानकारी प्राप्त भएको छ । अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन भन्ने मूल नाराका साथ नेपाली गीत संगीत क्षेत्रको श्रीबृद्धिको लागि बिगत निकै लामो समय अगाडी देखि यस क्षेत्रमा समर्पित बिन्ध्यबासिनी म्यूजिक प्रा.लिले यस अघि पनि कयौं नयाँ कलाकारहरु लाई स्थापित गर्नका लागि महत्वपूर्ण भूमिका निर्बाह गरिसकेको छ ।

त्यसो त अहिलेको नेपाली सांगीतिक क्षेत्रको धरासाही बजारको स्थितिमा पनि सांगीतिक क्षेत्रमा गरेको लगानी बालुवामा पनि हाले जस्तो मात्र नभै यस क्षेत्रको गहिराइलाई बुझ्न सकेमा कलाकार तथा म्यूजिक कम्पनीले सांगीतिक क्षेत्रमा गरेको लगानी फिर्ता हुने भन्दै धेरै गीतहरु आफ्नै लगानीमा पनि प्रकाशनमा ल्याएको छ । फलस्वरूप बिन्ध्यबासिनी म्यूजिक प्रा.लिलाई अशंख्य कलाकार तथा संगीत प्रेमीहरुले मन्दिरको रुपमा समेत ग्रहण गर्ने गरेका छन् । नेपाल आइडलमा भाग लिएर १० उत्कृष्ट भित्र पर्न सफल र त्यस बाट बाहिरिने ९ प्रतियोगीहरुलाई आफ्नै लगानीमा एल्बम निकाल्ने अवसर दिने भन्ने प्रसङ्गमा थप केहि सर्त रहने कुरा पनि बिन्ध्यबासिनी म्यूजिक प्रा.लिका प्रबन्ध निर्देशक सुबास रेग्मीले जानकारी गराएका छन् ।

उनले सर्तमा बिन्ध्यबासिनी ले रोजेका गीतकार र सङ्गीतकार यो सहकार्य मा समाबेश हुनेछन् र सबैको रोयल्टीको ग्यारेन्टी गरिने छ भन्दै यो समाजसेवा होइन सङ्गीत सेवा भित्रको म्युजिक कम्पनीको उत्तरदायित्व हो भनेका छन् ।

106 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु