फरारको सुचीमा राजपाका नता

साउन १३, काठमाडौं । तेस्रो मधेस आन्दोलनका क्रममा टीकापुरलगायत विभिन्न ठाउँमा भएका घटनामा संलग्न रहेको भन्दै सरकारले २ सय ६ वटा मुद्दा दर्ता गरेको थियो । जसमा ६ सय ८२ जना आन्दोलनकारी मुछिएका छन् । दुई सय ६ मध्ये १ सय ४० वटा मुद्दाको छिनोफानो गरी २ सय ५१ जना आन्दोलनकारीले सफाइ पाइसकेका छन् ।

मधेस आन्दोलनका गम्भीर घटनामध्ये ६६ वटा मुद्दाको छिनोफानो गर्न बाँकी रहेको छ । छिनोफानो गर्न बाँकी रहेका ६६ मुद्दामा ४ सय ३१ जना आन्दोलनकारी मुछिएका छन् । जानकारीअनुसार ६६ वटा मुद्दामध्ये ५२ वटा मुद्दाका २ सय ७२ जना अहिले पनि फरार सूचीमा रहेका छन् ।

तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र हाल राजपा नेपालका पदाधिकारीहरू पनि फरार सूचीमा छन् । टीकापुर घटनामा राजपाका केन्द्रीय सचिव रेशम चौधरीसहितका पदाधिकारी फरार छन् । जलेश्वरमा प्रहरी हत्याको घटनामा संलग्न रहेका महासचिव देवेन्द्र यादवसहितका नेताहरु फरार सूचीमा छन् । अाजको नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु