नब गायक कुमार शर्माको गीति एल्बम ‘कथा जिन्दगीको’ बजारमा (भिडियो सहित)

साउन ११,काठमाडौं । बिगत लामो समय देखि गीत संगीतको क्षेत्रमा संघर्षरत नब गायक कुमार शर्माको करिब एक दशक लामो प्रयास पछि गीति एल्बम कथा जिन्दगीको बुधबार एक समारोहका वीच बिमोचन गरिएको छ।
एपोस्टल मिडिया प्रा.लि पोखराद्वारा आयोजित उक्त कार्यक्रम दि भिलेज क्याफे एण्ड रेस्टुरेण्ट चिप्लेढुङामा संचालन गरिएको थियो।एपोस्टल मिडिया प्राली पोखराका संचालक अनिल शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी लेखनाथ साहित्य प्रतिस्ठानका अध्यक्ष पद्मराज ढकाल रहनुभएको थियो।।
उक्त एल्बममा तीन ओटा गीतहरु समाबेश गरिएको छ।कथा मेरो नामको गीत शिर्ष रहेको छ भने अन्य गीतहरु चिरा चिरा भएको र धेरै चोटि रेटिएछु नामका गीत रहेका छन्।उक्त सवै गीतहरुको संगीत र दुईअोटा गीतको लेखन कार्य पनि कुमारले नै गरेका हुन् भने धेरै चोटी रेटिएछु वोलको गीत प्रकाश सुवेदीले लेखेका हुन्।
पोखराको सर्बेश्वर मार्ग पन्थि गल्लीमा होलसेल फेन्सी पसल राख्नु भएका शर्माले गीत संगीत आफ्नो अर्को महत्वपुर्ण पाटो भएकाले आगामी दिनहरुमा सांगीतिक यात्रामा निरन्तर लागेर नेपाली कला क्षेत्रलाई उचाईमा पुर्याउन तयार रहेको बताउनु भयो।
सानै देखि गीत संगीत,अभिनय एबम कला क्षेत्रमा आफ्नो रुचि रहेको र उक्त चाहाना आजका दिनमा औपचारिक रुपमा नै पूरा भएकोमा खुशी ब्यक्त गर्नु भयो।
बिमोचन कार्यक्रममा अन्य अतिथिको रुपमा शास्त्रीय संगीतका प्रशिक्षक नबराज बराल, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ,केशब बहादुर खत्री, तारना म्युजिकका संचालक श्रीमान थुलुङ, लगायताका ब्यक्तीहरु रहनु भएको थियो।
उपस्थित सबैले गायक कुमार शर्मालाई सफलताको शुभकामना ब्यक्त गर्नु भयो।हाइलाइट्स नेपाल नामक युट्युब च्यानल बाट सो गीतहरु अपलोड गरिएको छ। उक्त कार्यक्रमका लागि स्वागत मन्तब्य विशाल बस्ताकोटी ले राख्नु भएको थियो भने कार्यक्रमको संचालन सन्तोषी मनले गर्नु भएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु