गायक शिवकुमारको स्वरमा गीतकार प्रकाश र कल्पनाको सृजनात्मक ‘समिश्रण’ बजारमा (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

साउन १०,काठमाण्डौं  ।  ‘भावना’ नामक एकल गीति एल्वमवाट आफ्नो गायन यात्रा सुरु गरेका गायक शिवकुमार चौधरीको दोस्रो एकल गीति एल्वम ‘समिश्रण’भर्खरै वजारमा निस्किएको छ जसमा गीतकार प्रकाश सुवेदी र कल्पना प्रसाई (पाठक)को शव्द सृजना र गायक/संगीतकार सिडी विजय अधिकारीको एकल संगीत रहेको छ।उक्त एल्वममा पाॅचओटा गीत समावेस छन्
नं१ ‘दोवाटोमा देखेरनी नवोलाउने साथी तिमी’ वोलको गीतमा फोन अथवा फेसवुक जस्ता विभिन्न सञ्चार माध्यमवाट नजिकिएका साथीहरु तर एउटाले अर्कोलाई प्रत्यक्ष देख्दा पनि नवोलाउने तर पछि देखेको थिएॅ नी भनेपछि साथीप्रति गरिएको गुनासोलाई गीतकार प्रकाश सुवेदीले गीतमार्फत प्रस्तुत गरेका छन्।भने सोही एल्वममा रहेको ३ न को गीत ‘कति मिठो लाग्थ्यो झिनुवा जर्नेली धान वासमती’मा सुवेदीले धेरै वर्षदेखि गाउॅवाट टाढिएर विदेशमा या शहरमा वसेको पात्रले आफ्नो वाल्यकाल र किशोर अवस्थामा खेलेको,मेलापात र रनवन गएका कुरालाई सम्झिएको कुरा उल्लेख गरिएको छ ।पश्चिमाञ्चल क्षेत्रको त्यो पनि विशेष गरि वेगनास ताल रुपाताल क्षेत्र वरिपरी वोलिने अति ठेट शव्द जस्तै स्याना,हजुरऑ प्रयोग गरिने सामानहरु स्याखु,ढडिया र सोही क्षेत्रमा फल्ने धानका प्रजातीहरु:-झिनुवा,जर्नेली जस्ता शव्दलाई अत्यन्तै समुचित तरिकाले प्रयोग गरेका छन्।आफ्ना प्रत्येक गीतमा छुट्टा छुट्टै काल्पनिक या यथार्थ कथा वुन्न माहिर गीतकार सुवेदीका यो भन्दा अगाडि पनि ‘भावना’नामक एकल गीति एल्वम र ‘प्रीशा’ नामक सामुहिक लेखन रहेको गीति एल्वमहरु वजारमा आइसकेका छन् भने ‘प्रदीप्त’ एकल गीति एल्वम आउने तयारीमा छ।

यसरीनै एल्वमको नं २मा रहेको गीत ‘मुटु माझै राख्दा पनि छुरा चलाई गयौ तिमी’र नं ४ मा रहेको ‘विरानो यो संसारमा साथ दिने छैन कोही’वोलका गीतहरु गीतकार कल्पना प्रसाई (पाठक)ले लेखेकी छन् र यी दुईओटै गीत वियोगान्त शैलीका छन्। प्रेमी या प्रेमिकाले एक अर्काको भावना माथि कुठाराघात गर्दा या एक आपसमा नवुझ्दा पर्न जाने असरलाई गीतकार प्रसाईले गीतको सामग्री वनाएकी छन् यधपी गीतकार कल्पनाका गीति लेखन यात्राको शुरुआत भएता पनि उनको लेखन शैली अत्यन्तै खारिएको छ भन्ने कुरा हामी उनका गीत मार्फत प्रष्ट वुझ्न सक्छौ।

यसरीनै नं ५ मा रहेको ‘हरेक दिन हरेक रात यस्तै माया गर्न पाउॅ’ वोलको गीत युगल गीत रहेको छ उक्त गीत गीतकार सुवेदी र प्रसाईले संयुक्त रुपमा लेखेका छन् र गीतमा प्रेमी प्रेमिकाले एक अर्काप्रतिको समर्पण भाव व्यक्त गर्दै एकअर्का प्रति समाहित हुन आतुर भएको कुरालाई उठान गरिएको छ।

अहिलेका चर्चित गायक सिडी विजय अधिकारीले अत्यन्तै मेहनतका साथ संगीत भरेको उक्त एल्वमका सवै गीतमा गायक शिवकुमार चौधरीले मिठो स्वर दिएका छन् भने एउटा युगल गीतमा अतिथि गायिकाको रुपमा मनिषा राईलाई समेत समावेस गरिएको छ।अहिले पाॅचओटै गीतको प्रोमो र जुकवक्स मात्र सार्वजनिक गरिएको भएता पनि क्रमश:सवै गीतको भिडियो आउने कुरा हामीलाई गीतकार सुवेदीले वताएका छन्।

141 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु