राम रुवालीको ‘स्वामी राजा’ छायांकन,छिट्टै बजारमा

काठमाडौं । इटहरीमा एक गीतको म्यूजिक भिडियो छायांकन गरिएको छ । लामो समय देखि अष्ट्रेलियामा बसेर नेपाली गीत संगीतलाई माया गर्दै आएका गीतकार राम रुवालीको शब्द रहेको गीतमा बसन्त सापकोटाको संगीत रहेको तिज गीत ‘स्वामी राजा’ को छायांकन गरिउको हो । उक्त ‘स्वामी राजा’ बोलको तीज गीतमा मेलिना राईको स्वर रहेको छ । यसअघि रुवालीले दुई वटा गीत बजारमा ल्याइसकेका छन् ।

यस भिडियो मार्फत चर्चित गीतकार पूजा मारियाले निर्देशनमा हात हालेकी छिन् । भिडियोमा दिनेश कोइराला र रिना न्यौपानेसंगै नागी डान्स सेन्टर इटहरीका कालाकारले नृत्य देख्न सकिने छ । आइस्वर लिम्बुले कोरियोग्राफी गरेको भिडियोलाई शिर कुमार राईले खिचेका छन् ।

तीजमा हुने तडकभडक लाई परिवर्तन गर्नुपर्छ सुन हैन रातो सारी चुरा पोते लगाउने पर्छ भन्ने गीतको शब्दले सन्देश दिन्छ । छोटो समयमा श्रोता दर्शकको मन जित्ने निर्देशक पूजा मारियाको भनाई छ । म्यूजिक भिडियो चाडै रिलिज हुदैछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु