पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल किन आउंदैछन् अष्ट्रेलिया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साउन ९, सिड्नी । नेकपा एमालेका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल अन्तरक्रियाको लागी अष्ट्रेलिया आउने भएका छन ।

प्रबासी नेपाली मन्च अष्ट्रेलियाको आयोजनामा नेपालको बर्तमान समसामयिक राजनीति सम्बन्धी अन्तर्कृया कार्यक्रममा सहभागी हुन नेता नेपाल अष्ट्रेलिया आउन लागेको बताएको छ ।

सो  कार्यक्रम ४ अगष्टमा साँझ ५:३० बजेदेखी 10 McFarlane St, Merrylands, NSW 2160 मा स्थित Bardali Function Centre सिड्नीमा हुदैछ ।  रात्रीभोज सहितको उक्त कार्यक्रमको प्रवेश शुल्क २५ डलर रहेको छ । सिड्नीको उक्त कार्यक्रम पश्ताच नेता नेपाल न्युजिल्याण्डपनि जाने छन् ।

एमालेनिकट मानिएको प्रवाशि नेपाली मञ्चले केही मतको अन्तरलेमात्र भर्खरै निर्वाचन भएको गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाको नेतृत्वमा पराजय स्विकार्नु परिरहेको  वेला हुनलागेको यो भ्रमण अर्थपुर्ण रहेको श्रोतको दावी छ ।

प्रबासी नेपाली मन्च अष्ट्रेलियाको आयोजनामा नेपालको बर्तमान समसामयिक राजनीति सम्बन्धी अन्तर्कृया कार्यक्रम आयोजना हुन लागेको जानकारी गराउन चाहन्छु । उक्त कार्यक्रममा नेपलका पूर्व प्रधानमन्त्री एबं एमाले बरिष्ठ नेता माधब कुमार नेपाल प्रमुख अतिथिको रुपमा रहनेछन् । उक्त कार्यक्रममा यहाँको उपस्थितिको लागी प्रबासी नेपाली मन्च अष्ट्रेलिया हार्दिक अनुरोध गर्दछ ।

 

305 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु