अनेसास एनएसडब्लुले आयोजना गरेको “अनेसास भानु जयन्ती विशेष कविता कन्सर्ट २०१७”कवि नवराज पराजुलीको साथमा सिड्नीमा भब्यताका साथ सम्पन्न:

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

लोकप्रिय युवा कवि नवराज पराजुलीको “कविता कन्सर्ट” सिड्नीमा भब्यताका साथ सन्पन्न भएको छ। २०४औँ भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लुले आयोजना गरेको “अनेसास भानु जयन्ती विशेष कविता कन्सर्ट २०१७” मा कवि पराजुलीले सिड्नीका थूप्रै दर्शकहरुलाई मन्त्र मुग्ध बनाए।

आदिकवि भानुभक्तको तस्बिरमा पुष्पगुच्छा अर्पण :

अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमीरेले अध्यक्षता निर्बाह गरेलगत्तै, सिड्नीका सबै साहित्यकार,तथा नेपाली समुदायका अगुवाहरुलाई स्वागत गरिएको थियो। आदिकवि भानुभक्त आचार्यको बारेमा अनेसास एनएसडब्लुका महासचिव तथा कार्यक्रम संचालक महेश्वर शर्माले छोटो जीवनी पढेर सुनाए पछि उनको तस्बिरमा पुष्प गुच्छा अर्पण गरिएको थियो। “जहां छन बुद्धका आँखा” भन्ने बोलको गित जब विकाष उप्रेतिले गाए कविता कन्सर्टमा झनै रौनक थपियो।

 

कवि नवराज पराजुलीको कविता वाचन शैलि र बाँशुरिको सुमधूर धुनले सबै दर्शकहरु लठ्ठिए:

बाँसुरि बादक सम्यक महर्जनले जब बाँसुरिको धून निकाले दर्शकहरु धुनमै मन्त्र मुग्द हुनथाले,कवि नवराज पराजुलीले भनिहाले
“यो सँसारको कुनै महान चित्रकारलाई यो विश्व नै पोत्न पुग्ने रँग चाहिए
मेरो देशका गुरांश संग सापटी माग्नु
म त गुरांशको देशको मान्छे
तर
यो कुरा पछि गरौंला कि
मैले खाने चामलको रङ्ग किन्न
म आंफु चाहिं अरब आएको छु।”
सगरमाथाको गहिराई बाट वाचन गरिएको यो कविता वाचन गर्दै थिए कवि पराजुली । सबै दर्शकहरु एकटहले हेरिरहे र सुनिरहे र लठ्ठिए कवितामै।

” केही छैन मसंग त्यस्तो
जसलाई हेरेर कसैले वाहा गर्न सकोस
र कोहि रहेनछ यहां यस्तो जो छालाको स्वरुप नहेरी
विवाह गर्न सकोस ”
उनको कविता संग्रह सगरमाथाको गहिराइ अन्तर्गत रहेको च्याउ शिर्षकमा जब उनले यी पङ्ति वाचन गरे सबैले गड्गडाहक तालिबजाए हल नै गुन्जायमान बन्यो।यस्तै यस्तै वाचन गर्दै गए कवि पराजुली र तालि बजाउंदै  गए दर्शकहरु।
मैले आफूलाई सम्झेको दिन तिमीलाई सम्झिन्छु
आफूलाई बिर्सिएको दिन
तिमीलाई सम्झिन्छु
मलाई नढांटीकन भन त छोरा!
आज
तिम्रो जन्मदिनमा
तिमीले
मलाई सम्झ्यौ?
“हेप्पी बड्डे”अन्तर्गतको यो अन्तिम पङ्ति
जब कवि पराजुलिले वाचन गरे सो हलमा रहेका आमाहरूको आँखा रसाएको थियो।

 

कवि नवराज पराजुली:

लोकप्रिय युवा कवि नवराज पराजुलीको जन्म २०४३ साल माघ २८ गते जलथल झापामा भएको हो। बुवा हरि प्रसाद पराजुली र आमा लक्ष्मी देवी पराजुलीको हौसला र मायाले बाल्य अवस्था बाटै कविता लेखनमा रुचि रहेको उहाँ बताउनुहुन्छ।झापा बाट काठमान्डौं आएपछि उहाँको कविता वाचनमा पृथकता थपिएको हो।

भर्खरै प्रकाशित कविता संग्रह ” सगरमाथाको गहिराई” उहाँको पहिलो कृति कविता संग्रह हो। अहिले सो कविता संग्रह थूप्रै पाठकहरुमाझ लोकप्रिय बनेको छ। चर्चित कविता संग्रह “सगरमाथाको गहिराई” अहिले मदन पुरस्कारको निम्ती मनोनित समेत भएको छ।

अल नेपाली पोयट्री स्ल्याम–२०१४ का विजेता र साताको साहित्य पुरस्कार २०१५ (अष्ट्रेलिया)बाट पुरस्कृत नवराज पराजुली ‘पर्फमेन्स पोयट्री’बाट समकालीन कवितामा सर्वाधिक चर्चामा आएका कविहुनुहुन्छ। सामाजिक सञ्जालमा संसारभरिबाट उहाँको कविता लाखौं पटक हेरिएको र सुनिएको छ।

सगरमाथाको गहिराइ,हेप्पी बर्थडे,लोकसेवा,पिरती,ब्रह्माजीको रजश्वला,खोया उहाँको सबैभन्दा रुचाइएको कविता हो।

यो संसारको कुनै महान् चित्रकारलाई
यो विश्व नै पोत्न पुग्ने रङ चाहिए
मेरो देशका गुराँश सँग सापटी माग्नु
म त गुराँशको देशको मान्छे
तर
यो कुरा पछि गरौंला कि
मैले खाने चामलको रङ किन्न
म आफुं चाहिं अरब आएको छु।

कविता संग्रह सगरमाथाको गहिराइबाट “सगरमाथाको गहिराइ”शिर्षक रहेको यो कविता पंक्तिले लाखौं नेपालीको हृदय छोएको छ।

उक्त कविता सगरमाथाको गहिराई हाल डेनमार्कका विद्यालयहरुमा शैक्षिक सामाग्रिको रुपमा पठन पाठन भइरहेको छ जसको अंग्रेजी अनुवादक कवि पराजुलीले नै गर्नुभएको हो।

कवि नवराज पराजुली तथा बाँसुरी बादक सम्यक महर्जन अभिनन्दित:

कवि नवराज पराजुलीले नेपाली भाषा र साहित्यमा कविता विधामा पुर्याएको योगदानको कदरगर्दै उहांलाई अभिन्नदन गरिएको हो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रका उपाध्यक्ष विश्व शान्ती दूत अष्ट्रेलिया ओसिनिया,फिजीका लागि नेपाली सांकृतीक राजदूत तथा योग विज्ञान र सकारात्मक सोंचका अभियान्ता भीमसेन सापकोटा (आचार्य राजन शर्मा)र नेपाली समुदायका अगुवा डा. नारायण प्रधानले खादा लगाइदिए भने अनेसास एनएसडब्लुकी अध्यक्ष सानु घिमीरेले सम्मान पत्र प्रदान गरि अभिन्नदन गरियो साथै सम्यक महर्जनलाई पनि अभिनन्दन गरिएको हो।

 

 

कार्यक्रमको अन्त्यमा कवि नवराज पराजुलीको पुस्तक “सगरमाथाको गहिराई” पुस्तक हस्ताक्षर पछि वितरण गरिएको थियो। सो कार्यक्रमकी सभा अध्यक्ष सानुघिमिरेले कवि नवराज पराजुली,सम्यक महर्जन ,सबै आयोजकका पदाधिकारी,स्पोन्सरदाता, मिडीया तथा सम्पूर्ण अतीथीहरुलाई आभार प्रकट गर्दै धन्यबाद दिएकी थिइन।

कार्यक्रमको संचालन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लुका महासचिव महेश्वर शर्माले गरेका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु