मृत्युककाे २८ वर्षपछि पनि जुँगा जस्ताकाे तस्तै

असनेपाल न्युज । पितृत्वसम्बन्धी एक मुद्दा फैसलाका लागि मृत्युको २८ वर्षपछि स्पेनी अतियथार्थवादी चित्रकार साल्भाडोर डालीको शव  चिहानबाट निकालिएकाे छ । चिहान उनी अाफैँले आफ्ना लागि डिजाइन गरेका थिए । २३ जनवरी १९८९ मा मृत्युपछि स्पेनको क्याटालोनियामा रहेको फिगुरेसस्थित डाली थिएटर म्युजियममुनि उनलाई समाधीस्थ गरिएको थियो । हाल उक्त चिहानबाट उनको शव उत्खननपछि एउटै कुराले चर्चा पाएको छः उनको प्रसिद्ध जुँगा।

शुक्रबार साल्भाडोर डालीको चिहान उत्खनन्पछि शव निरीक्षण गर्नेमध्येका एक व्यक्तिले उनको जुँगा २८ वर्षपछि पनि जस्ताको तस्तै रहेको बताएका छन्। ‘जब मैले रेसमी रुमाल हटाएँ, म एकदमै भावुक भएँ,’ उत्खनन् कार्य सम्पन्न गर्ने समूहका प्रमुख नार्सिस ब्राडालेटले भने, ‘म उनलाई हेर्न निकै इच्छुक थिएँ र उनलाई देख्दा छक्क परेँ। १० बजेर १० मिनेट जाँदाको घडीको सुइजस्तो देखिने उनको जुँगा जस्ताको तस्तै थियो। यो त चमत्कारै थियो।’

Comments

comments

सम्बन्धित शिर्षकहरु