भारत सरकार द्वारा प्रशान्त तामाङलाई प्रहरी सेवाबाट बर्खास्त

साउन ४, दार्जलिङ ।  नेपाली मुलका चर्चित भारतीय गायक प्रशान्त तामाङलाई भारत सरकारले प्रहरी सेवाबाट बर्खास्त गरेको छ । सन २००७ मा तामाङ इन्डियन आइडल बनेका थिए ।  कोलकाता प्रहरीमा कार्यरत दार्जिलिङ निवासी नेपालीभाषी गायक तामाङलाई लामो समयसम्म गयल भएको भन्दै बर्खास्त गरिएको हो ।

पछिल्लो समय दार्जिलिङमा नेपालीभाषी र सरकारबीच चलिरहेको द्वन्द्वबारे प्रशान्तले सरकारको विपक्षमा बोलेको भन्दै प्रहरी पदबाट बर्खास्त गरिएको खबर पनि पत्रपत्रिकामा छापिएका छन् । तामाङले ‘गोर्खाल्याण्ड आन्दोलन’ मा केही समय अगाडि समर्थन जनाएका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु