सम्राटले गरे राष्ट्रिय भाबको गीतमा अभिनय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  


अमेरिकामा नेपाली राष्ट्रिय भावनाको गीत ,”मलाई मेरै नेपालको माया छ,तराइ पहाड हिमालोको माया छ,को छायाँकन गरिएको छ।

सो गीतमा बाल कलाकार सम्राट दाहाल देखिएका छन् भने भिडियोलाई सुमन दाहालले निर्देशन गरेका हुन्। गीतमा हामी नेपाली परिस्थितिवस जहाँ रहनु परेता पनि अाफ्नो देश र राष्टृियता प्रतिको अगाध माया कहिल्यै पनि मर्दैन भन्ने कुरा दर्शाउन खोजिएको छ।नेपाली चलचित्र र चलचित्रका विभिन्न संघ संस्थामा लामो समय सक्रीय रहेर पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका सुमन दाहालले यो भिडियोलाइ साल्टलेक सिटी , युटा अमेरिकामा तयार परेका हुन् ।


अाफ्नो छोरा सम्राटले अमेरिका आएदेखी त्यहा वस्न मननगरेको र नेपाल जाउ , हाम्रो देश नेपाल हो , हाम्रो घर नेपालमा छ,भोलि नै जाउँ भनिरहेपछि राष्ट्रिय गीतमा भिडियो बनाउन मन लागेको कुरा सुमन दाहाल बताउँछन।

शान्तिप्रियको शव्द,सन्तोष श्रेष्ठको संगीत र बेगेन्द्र बुढाको स्वर रहेको उक्त गीतमा सम्राटसंगै बिर्याना थपलिया, बिएनका थपलिया ,संमृद्धी थापा र संयुक्ति थापाको पनि अभिनय रहेको छ । सुजिता सिटौलाको छायाँकन रहेको यस गीतलाई सुरेश राउतले सम्पादन गरेका हुन् ।

 

189 total views, 3 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु