यसपालिको तिज गित “चिरी च्याट्ट भई” लिएर आईन् रमा अर्याल – (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साउन ३ , काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर गीत बजारमा ल्याउने क्रम बढ्दो छ गायक । यहि क्रममा पछिल्लो समयकी व्यस्त गायिका रमा अर्यालले चिरी च्याट्ट भई वोलको गीत बजारमा ल्याएकी छिन ।

संगीतकार दिपक शर्माको शब्द संगीतमा रहेको उक्त गीत गायिका रमा अर्यालको पहिलो तीज सांगीतिक कोशेली हो । यस अगाडी उनले गन्तब्य १ र गन्तब्य २ नामक गीति एल्वम बजारमा ल्याईसकेकी छिन । जुन गीतहरु निकै चर्चित भएका थिए ।”चिरी च्याट्ट भई”भन्ने गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा पछिल्लो समएकी ब्यस्त तथा चर्चित मोडल सिर्जना स्त्री (पौडेल) ले अभिनय गरेकी छिन ।

थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनले गत वर्ष सेल्फी २ मा पनि अभिनय गरेकी थिईन् जुन भिडियो निकै चर्चित बनेको थियो । यो चिरी च्याट्ट भई मा उनको उत्कृस्ट अभिनय हेर्न सकिन्छ ।

भिडियोको निर्देशन बिक्रम चौहानले,छायांकन बासु बरालले र सम्पादन अनुप शिवाकोटीले गरेका छन् भने यो गीत तथा भिडियोलाई कामना डिजिटल प्रा.लि ले बजारमा ल्याएको छ ।

290 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु