भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आए पनि नेपालमा बढेन

साउन ३, काठमाण्डौं । भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले भने बिक्री मूल्य यथावत् राखेको छ ।

इन्डियन आयल कर्पोरेसन (IOC)ले  जुलाई १६ मा पठाएको नयाँ मुल्यसुचीमा डिजेल र पेट्रोलको मूल्य बढेर आए पनि नेपाल आयल निगमले स्थानीय बजारमा मूल्य यथावत राखेको हो ।

निगमका प्रवक्ता सीताराम पोखरेलले निगम नाफामै रहेकाले स्थानीय बजारमा मूल्य वृद्धि नगरिएको बताए ।

आइओसीले पठाएको नयाँ मुल्य अनुसार पेट्रोलमा १ रूपैया ३९ पैसा र डिजेलमा ८० पैसा बढेको छ।

आजको कारोबार दैनिकमा खबर छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु