क्यामरुनमा डुङ्गा डुब्दा ३४ सैनिक बेपत्ता

साउन २ । क्यामरुनको अट्लान्टिक सामुद्रीक किनारमा सेनाको डुङ्गा डुब्दा कम्तीमा ३४ जना बेपत्ता भएका छन् ।

क्यामरुनको सेनाको द्रुत उद्धार समुहका सिपाहीहरू वेपत्ता भएको रक्षा मन्त्रालयले सोमबार जनाएको छ । आईतबार भएको सो घटनामा सेनाले उद्धार समुह भन्दा बाहिरका अरु तीन जना सिपाही पनि परेको वक्तव्यमा उल्लेख गरेको छ ।
सैन्य डुङ्गामा ३७ जना रहेको पनि सेनाले जनाएको छ । दुर्घटनामा परेको डुङगामा केही खाद्यपदार्थ र केही पेट्रोलियम पदार्थहरू पनि ढुवानी गरिएको थियो ।
रक्षामन्त्री जोसेफ बेटी एसोमोले सैन्य डुङ्गा डुबेकोमा दुःख व्यक्त गर्दै खोजी तथा उद्धारका लागि काम सुरु भइसकेको बताउनुभयो ।

पानीको तरङ्ग अत्यधिक हुने ठाँउमा भएकाले दुर्घटना भएको हुनसक्ने अधिकारीहरूले प्रारम्भिक अनुमान गरेका छन् । रासस÷सिन्ह्वा

 

36 total views, 6 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु