पुन मन्त्री हुने आशमा पूर्वमन्त्रीले सरकारी क्वार्टर छाडेनन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साउन २, काठमाडौं । गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर छोडेका छैनन् ।

मन्त्रीबाट हटेपछि उनी बसेको ‘भी फाइब’ को क्वार्टरमा सामान राख्नुका साथै साँचो समेत आफै लिएर हिँडेका छन् । नेपाल फोरम लोकतान्त्रिकका उपाध्यक्षसमेत रहेका देवले पुन मन्त्री हुने आशा राख्दै मन्त्री क्वार्टरबाट आफ्नो सामान सारेका छैनन् । मन्त्रीबाट हटेको दुई–तीन दिनभित्रै आफ्नो सामान सारेर वार्टरको साँचो बुझाउनु पर्ने भए पनि मन्त्रीबाट हटेको ४० दिन बितिसक्दा समेत पूर्वपर्यटनमन्त्री देवले मन्त्री क्वार्टर छोडेका छैनन् । आजको नेपाल समाचारपत्रले खबर छापेको छ ।

39 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु