फुटबल दर्शकबीचको झडपमा पर्खाल भत्किँदा आठको मृत्यु ४९ जना गम्भीर

साउन १,डाकार  । शनिबार साँझपख सेनेगलको राजधानी डाकारमा स्थानीय फुटबल प्रतियोगितामा भएको दर्शकबीच झडपमा भागदौडका कारण मैदानसँगैको पर्खाल भत्किँदा कम्तीमा आठ जनाको ज्यान गएको छ । निर्धारित समयभित्र खेल नसकिएपछि थपिएको समयभित्र २–१ को स्कोरमा युएस ओवाकम र स्टेट डे मबौरबीच खेल भइरहदा ती दुई पक्षका पक्षधर बीच झडप भएको थियो । प्रहरीले झडपले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।

समर्थकबीचको झडपपछि प्रहरीले अश्रूग्यास प्रहार गरेकाले दर्शक सवै एकैपटक भाग्न खोज्दा ठेलमठेल भएर पर्खाल भत्किन पुगेको थियो । भत्किएको पर्खालले च्यापिएर आठ जनाको मृत्यु भएको छ भने अरु ४९ जना गम्भीररुपमा घाइते भएका छन् । भर्खालको ढुङ्गा र इट्टाले पुरिएका र घाउ चोट लागेका घाइतेलाई उद्धारकर्ताले ढिलोगरी मात्र स्वास्थ्य केन्द्रमा पुर्याउन सकेका थिए । उपचाररत ४९ मध्ये अधिकांशको अवस्था निकै गम्भीर रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु