उपत्यकाभित्रका सडकको अवस्था तत्काल सुधार गर्न प्रधानमन्त्रीको निर्देशन

साउन १, काठमाडौं । आईतबार सडक, खानेपानी, विद्युत, सडक विस्तार लगायतका सरोकारवाला निकायका मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखहरू उपस्थित बैठकमा प्रधानमन्त्री देउवाले सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका छन् । निर्देशन दिदै उनले भने ‘मैले अबको १५ दिनभित्र काठमाडौंमा खाल्डा खुल्डी देख्न नपरोस्’ ।

राजधानीको नेपालटारमा शुक्रबार स्कुलबाट फर्किरहेकी विनिता फुयालको ढलले बगाएर मृत्यु भएसँगै र सामखुशीमा स्कुले बालिका सत्या सापकोटाको ढलले बगाएर उद्दार गरिएसँगै प्रधानमन्त्री देउवाले तत्काल यस्ता समस्या नदोहोरिने गरी समाधान गर्न निर्देशन दिएका हुन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु