“एजेन्सी अफ् द इएर २०१७”को उपाधि बाबा एजुकेसन कन्सल्टेन्सीलाई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असनेपाल न्युज, सिड्नी । अष्ट्रेलियामा उच्च शिक्षा अध्धयन गर्न आउने विद्यार्थीहरुलाई अध्यागमन तथा शिक्षाका विषयमा  परामर्श सेवा दिँदै अाएको बाबा एजुकेसन कन्सल्टेन्सी  यहाँ सम्मानित भएको छ । अष्ट्रेलियन आइडल कलेजले  अायोजना गरेको एक कार्यक्रमा बाबा एजुकेसन कन्सल्टेन्सी “एजेन्सी अफ् द इएर २०१७”को उपाधिले सम्मानित भएको हो । यहाँ अाउने विद्यार्थीहरुका माझको परिचितताका अाधारमा बाबा एजुकेसन सम्मानित भएको हो । अष्ट्रेलियामा उच्च शिक्षा अध्धयन गर्न आउने विद्यार्थीहरुको पहिलो रोजाइमा बाबा एजुकेसन कन्सल्टेन्सि पर्ने गरेको छ । नेपालस्थित न्युरोड र अष्ट्रेलियास्थित सिड्निबाट बाबा एजुकेसन कन्सल्टेन्सिले बिद्यार्थीहरुलाई उच्च शिक्षा र भिषा सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । बाबा एजुकेसनले बिगत लामो समयदेखि निरन्तर रुपमा कलेजका गतिविधिहरुमा साथ दिँदै र विभिन्न कोर्सहरुमा बढि  विद्यार्थीलाई भर्ना गराउन सफल भएको छ । कन्सल्टेन्सिले विद्यार्थीहरुको स्थिति बुझेर उचित परामर्श सहित सहि गन्तव्यमा पुराउने गरेको आइडल कलेजमा अध्यनरत विद्यार्थीहरू बताउँछन् । बाबा एजुकेसन कन्सल्टेन्सिका सि.इ.ओ रबिन्द्र कुमार शर्माका अनुशार कन्सल्टेन्सीको मुख्य उदेश्य नै विद्यार्थीहरुलाइ अनुकूल वातावरण प्रदान गरि विभिन्न सेवा सुविधा, सहि ढंगबाट दिने रहेको छ । अवार्ड पाउनका लागि साथ सहयोग गर्नुहुने सम्पूर्ण साथीभाइ सहयोगी हातहरु र सम्पूर्ण बाबा एजुकेसनका कर्मचारिहरु प्रति शर्माले अाभार प्रकट गर्नुभएको छ । अाउने दिनहरूमा पनि विद्यार्थीको समस्यलाई मुख्य प्राथमिकता दिने कन्सल्टेन्सीले जनाएको छ ।

91 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु