काठमाडौंमा महानगरमा स:शुल्क पार्किङको सुविधा ( तालिका सहित )

साउन १, काठमाडौं । काठमाडौँ महानगरपालिकाको असार ३१ गते बसेको नगरसभाले महानगरपालिकाले दिदै आएको निःशुल्क पार्किङको सुविधा कटौती गरेको छ । काठमाडौँ महानगरपालिकाे आर्थिक ऐन २०७४ पारित भएसँगै नि:शुल्क  पार्किङ सुविधा कटौंती भएको हो । संविधानले स्थानीय तहलाई ऐन बनाउन अधिकार दिएसँगै काठमाडौँ महानगरपालिकाले यस्तो ऐन बनाएको हो । ऐनको अनुसूची १० मा पार्किङ शुल्कको व्यवस्था गरिएको छ। महानगरपालिकाका तीन वटा क्षेत्रमा यो एन लागु भएको  छ। विभिन्न क्षेत्रमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे र छ पाङ्ग्रेको प्रति घण्टा पार्किङ शुल्क फरक फरक तोकिएको  छ ।  दुई पाङ्ग्रेका लागि शुल्क प्रति घण्टा १५ रुपैयाँदेखि २० रुपैयाँसम्म तोकिएको छ भने चार पाङ्ग्रेका लागि प्रति घण्टा  ४० रुपैयाँदेखि ५० रुपैयाँसम्म तोकिएको छ। पार्किङमा सवारी रेखरेख गर्ने व्यक्ति पनि हुने भएकाले सवारीसाधन चोरी हुने क्रममा भने सुधार अाउने अाकलन गरिएको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु