सिड्नीमा हुने ” इ प्लानेट तीज मेला २०१७” मा हजारौंको उपस्थिती रहने :

महेश्वर शर्मा
सिड्नी अष्ट्रेलिया

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिंदै गर्दा नेप्लिज स्क्युड इन्टरटेन्मेन्टको प्रस्तुतीमा सिड्नीमा तीज मेला २०१७ हुनेभएको छ। “इ

प्लानेट तीज मेला २०१७”नाम दिइएको सो कार्यक्रम सिड्नीमै पृथक हुनेछ। निशुल्क प्रवेश रहने सो कार्यक्रम सिड्नीको रकडेल स्थित बाइसेन्टियल पार्कमा हुनेछ।हजारौंको उपस्थितिमा नेपालबाट आउने चर्चित कलाकारहरुले जोडदार प्रस्तुती रहनेछ। सँगसँगै,नेपालि खानाका स्टलहरु, बालवालिका तथा युवाहरुलाइ बिभिन्न खेल ,आकर्षक गिफ्टहरु ,नेपालकै मेलाको झल्को दिने कार्यक्रम हुने बताइएको छ।

सो कार्यक्रममा चर्चित गायक गायीकाहरु पशुपति शर्मा,खुमन अधिकारी,देवी घर्ती मगर र कलाकार वर्षा राउत को जोडदार प्रस्तुती रहनेछ। सो कार्यक्रम १६ जुलाई २०१७ भोलि आईतबार ११ बजे देखि साँझ ६ बजेसम्म हुनेछ।

प्रवासमा रहेर गरिने यस्ता कार्यक्रमले आफ्नो संस्कृतीलाई जगेर्ना गर्नेमात्रै नभइ आउंदो पुस्तालाई पनि मौलिकपन सिकाउन यो कार्यक्रमले थप मद्दत पुग्ने आयोजकले बताए: 

निशुल्क प्रवेश रहने तीज मेलामा हजारौंको सहभागिता हुने अनुमान गरिएको छ। खुल्ला रुपमा गरिने यो कार्यक्रम नेपाल फेस्टिभस,होलि फेस्टिभल संगै नेपालीहरुको अर्को ठूलो जमघट सहित भब्य हुने बताइएको छ। प्रेस मिट कार्य्रममा बोल्दै आयोजक मध्येका एक सागर अधिकारीले तीज मेला कार्यक्रमको तयारी पुरा भएको बताए साथै उनले सो कार्यक्रमबाट थूप्रै नेपालीहरुले आफ्नै मौलिक तिजको आभाष पाउने पनि बताए। प्रवासमा रहेर गरिने यस्ता कार्यक्रमले आफ्नो संस्कृतीलाई जगेर्ना गर्नेमात्रै नभइ आउंदो पुस्तालाई पनि मौलिक तीज सिकाउन यो कार्यक्रमले मद्दत पुर्याउने बताए। यस्तै आयोजक मध्येका बिष्णु सापकोटाले कार्यक्रमको बारेमा जानकारी दिंदै प्रेस मिटको सुरुबाद गरेका थिए। खुल्ला रुपमा गरिने यो कार्यक्रमलाई वृहत रुपमै सम्पन्न गराउनको निम्ती तयारि अवस्थामा रहेका सबै स्पोन्सर दाता,मिडीया,कलाकारहरु,आयोजकका टिम मेम्मरहरुप्रति आभारि रहेको बताए। यस्तै आयोजक गगन विडारीले सो कार्यक्रममा बोल्दै सबैको महनतले यो कार्यक्रम सफलहुने बताए।

गीत मार्फत समुदायमा सकारात्मक परिवर्तन होस भन्ने हेतुले धेरै सन्देश मुलक गीतहरु सृजना गर्छौं : गायक पशुपति शर्मा र खुमन अधिकारी।

सो प्रेस मिट कार्यक्रममा पत्रकारले राखेको जिज्ञाशामा गायक पशुपति शर्माले मेरा सृजनाले समाजमा राम्रो सन्देश प्रवाह गरोस भन्ने चाहन्छु र सोहि अनुरुपनै मौलिक पन र शुद्दतामा बढि महत्व दिने गर्छु उनले भने। “मलाई अमेरीका यहि” भन्ने गितलाई अष्ट्रेलियामा रहेका युवा तन्नेरिहरुले कस्तो रुपमा लिएका छन भन्ने जिज्ञासामा उनले यो गितलाई अष्ट्रेलियामा रहेका नेपालीहरुले असाध्धै मन पराएको बताए। साथै सो गीत गाएर पनि  सुनाएका थिए। यस्तै लोक गायक खुमनअधिकारीलाई उनका चर्चित गीत “मनको देउतैले,” स्याङ्जालीलाइ नभन जाली” भन्ने गीतको बारेमा राखिएको जिज्ञासामा बोल्दै गायक अधिकारीले सो गीत गाउंदाको रमाइलो प्रसङ्ग जोडेका थिए। साथै गायीका देवि घर्ती मगरले आफ्नो चर्चित तीज गित सुनाएकी थिइन भने नायीका वर्षा राउतले सो प्रेस मिट कार्यक्रममा बोल्दै आयोजक प्रति आभारि रहेको बताईन।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु