नवराज सिलवाल एआईजी बढुवा सिफारिसमा परेनन को-को परे त ?

असार ३१,काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) का लागि ११ जना डिआइजीको नाम गृह मन्त्रालयले सिफारिस गरेको छ । डीआईजी नवराज सिलवाललाई भने बढुवा सिफारिसमा समेत परेका छैनन् । आईजीपीका दाबेदार रहेका सिलवालले हालेको मुद्दा सर्वोच्च अदालतमा अझै विचाराधीन छ ।

वरिष्ठतामा एक नम्बरमा रहेका र प्रहरी महानिरीक्षकको दावेदारसमेत रहेका नवराज सिलवाल एआइजी सिफारिसमा परेका छैनन् । डिआइजी बमबहादुर भण्डारी एक नम्बरमा परेका छन् भने सरकारले आइजी बनाए पनि सर्वोच्चको आदेशबाट पद निस्क्रिय भएका जयबहादुर चन्द दोस्रो नम्बरमा परेका छन्।

यस्तै आईजीपीका लागि सिफारिस भएकाहरुमा पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, केशरीराज घिमिरे, विजयलाल कायस्त, कमल सिंह बम, माधवप्रसाद जोशी, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन् ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु