नेपाल र अष्ट्रेलियाबीच दुईपक्षीय परामर्श संयन्त्र निर्माण सम्पन्न

असनेपाल न्युज । शुक्रबार अष्ट्रेलियाको राजधानी क्यानबेरास्थित सम्झौतापत्रमा हस्ताक्षर गर्दै नेपाल र अष्ट्रेलियाबीच दुईपक्षीय परामर्श संयन्त्र निर्माण सम्पन्न भएको छ । नेपालको तर्फबाट परराष्ट्रसचिव शंकरदास वैरागी र अष्ट्रेलिया सरकारको तर्फबाट कायमुकायम परराष्ट्रसचिव ग्यारी क्वीनलानले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । यो संयन्त्र स्थापनासँगै संयन्त्रको बैठक हरेक दुई वर्षमा नेपाल र अष्ट्रेलियामा पालैपालो बस्ने समझदारी पनि भएको छ ।

हस्ताक्षर कार्यक्रम अघि भएको छलफलमा अष्ट्रेलियाको विदेशमन्त्रीलाई नेपालको तर्फबाट पठाइएको निमन्त्रणा पनि स्मरण गराइएकाे थियो । छलफलमा सचिव वैरागीलेअष्ट्रेलियाका लगानीकर्ता तथा व्यापारिक समूदायलाई प्रोत्साहित गर्न अनुरोध पनि गरेका थिए । नेपालको पर्यटन, पूर्वाधार विकास तथा जलश्रोतमा लगानी गर्नसक्ने सम्भावना रहेको सचिव वैरागीको भनाई थियो । यसकासाथै नेपालस्थित अष्ट्रेलियन दूतावासबाटै अष्ट्रेलियाका लागि भिसा जारी गर्ने सम्बन्धमा पनि सचिव वैरागीले जोड दिनुभएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु