काठमाडाैँ र पोखरामा सुईद्वारा लागुऔषध लिने पुरुषको संख्यामा वृद्धि

असार ३१, काठमाडौँ । आर्थिक वर्ष २०७३/७४ मा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले एचआईभीको उच्च जोखिममा रहेका समूहहरुका बिचमा गरेको जैविक तथा व्यवहारिक नमूना सर्वेक्षणले काठमाडाैँ र पोखरा उपत्यकामा सुई द्धारा लागुऔषध लिने पुरुषको संख्या बृद्धि भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

तीन महिनादेखि सुईद्वारा लागुऔषध लिइरहेका १६ वर्षमाथिका ६८५ जनामा नमुना सर्वेक्षण गरिएकोे हो । तीमध्ये काठमाण्डौँ उपत्यकामा सन् २०१७ मा सूईद्वारा लागुऔषध प्रयोग गर्ने पुरुषमा एचआइभीको व्यापकता दर ८ दशमलव ५ प्रतिशत रहेको छ  जुन सन् २०१५ मा भने ६ दशमलव ४ प्रतिशत रहेको थियो । यसैगरी पोखरा उपत्यकाभित्र सन् २०१५ मा २ दशमलव ८ प्रतिशत रहेकोमा सन् २०१७ मा त्यसमा बृद्धि सन् ४ दशमलव ९ प्रतिशत देखिएको छ ।

3 total views, 3 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु