सेयर कारोबारमा तत्काल भ्याट नलाग्ने

असार ३१, काठमाडौं । साउन १ गतेदेखि सेयर बजारमा भ्याट लाग्ने व्यापक हल्लाखल्ला भएपनि यसमा तत्काल भ्याट नलाग्ने भएको छ । । हल्लाकै कारण सेयर बजार सुस्त बन्दै आएको थियो । भ्याट प्रकरणकै कारण यसअघि १ दिन सेयर कारोबार बन्द भइसकेको छ ।  साउनेदेखि जबर्जस्त भ्याट लागू गर्न खोजिए पनि कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने भन्दै लगानीकर्ताहरुले चर्को विरोध गरेका हुन् । जनस्तरबाट चर्को विरोध अनि व्यापक दबाब सिर्जना भएपछि सरकार तत्काल भ्याट कार्यान्वयन गर्नबाट पछि हटे पनि  भ्याट लगाउने निर्णय भने सरकारले  फिर्ता लिएको छैन ।  अर्थमन्त्रालय र माताहतका सम्बद्ध निकायबाट यसका लागी अावश्यक गृहकार्य भइरहेका छन् ।

नेपाल इन्भेस्टर्स फोरमले विज्ञप्ति मार्फत सरकारले एकतर्फीरुपमा भ्याट कार्यान्वयनमा ल्याए सेयर कारोबार नै बन्द गर्ने चेतावनी दिएको छ । सेयर लगानीकर्ता संघले पनि सेयर कारोबारलाई वित्तीय क्षेत्रमा समावेश गरी भ्याटमुक्त पार्न माग गरेका छन् । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जले पनि ब्रोकर कमिसनमा भ्याट लगाउन नहुने अडान राख्दै आएका छन् । ब्रोकर, लगानीकर्ता, बजार सञ्चालक र नियामकसमेत भ्याट विरुद्ध उभिएपछि सरकार पनि तत्कालका लागि पछि हट्न बाध्य भएको हो ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु