मकाउका पूर्व महान्यायाधिवक्तालाई २१ वर्ष जेल सजाय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असार ३०, मकाउ । चीनको विषेश प्रशासनिक क्षेत्र मकाउका पूर्व महान्यायाधिवक्ता हो चिओ मेङलाई २१ वर्षको जेल सजाय सुनाइएको छ । विषेश प्रशासनिक क्षेत्रको अदालतले अन्तिम फैसला भन्दै २१ वर्षे जेल सजाय तोकेको अधिकारीहरूले जानकारी दिएका छन् । उहाँले लामो समयसम्म धेरै नियम कानून उलङ्घन गरेकाले उहाँविरुद्धको मुद्दा निकै जटिल बनेको न्यायाधीशहरूले ठहर गरेका छन् ।

उहाँको अवस्था दुर्लभ र अपवाद जस्तो भएको पनि न्यायाधीशहरूको बुझाई छ । मकाउ प्रशासनिक क्षेत्रको एउटा सार्वजनिक निकायको प्रमुखको हैसियतमा उहाँले लामो समय काम गर्दा उहाँले पदीय जिम्मेवारी र अधिकारको दुरूपयोग गर्नुका साथै कानून र अनुशासनको उलङ्घन गर्नुभएको पाइएको छ । कानून र अनुशासनको उलङ्घन गरेको आरोप लागेपछि उहाँलाई सन् २०१६ को डिसेम्बरमा नियन्त्रणमा लिइएको थियो । रासस

72 total views, 3 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु