देश कुनै व्यवस्थाले नभई पशुपतिनाथको कृपाले चलिरहेछ

असनेपाल न्युज । बिगत १० वर्ष देखि अमेरीकामा बसोबास गरिरहनु भएका बहुप्रतिभाका धनी राम प्रसाद खनाल ५ हप्ताको नेपाल बसाँइपछि पुन अमेरीका फर्कनु भएको छ । उहाँ एक बरिष्ठ पत्रकार, लोक दोहोरी गायक, कवि मात्र नभएर नेपाली कला छेत्रका एक बिशिष्ठ व्यक्ति पनि हुनहुन्छ । लामो समयको अमेरीका बसोबास पछि नयाँ उत्साह र उमङ्गका साथ आफ्नो मातृभुमी फर्किनु भएका उहाँले आफ्नो जन्म भूमिको यो हालत देख्दा चिन्ता ब्यक्त गर्नु भएको छ । स्वर्ग जस्तो हाम्रो देश नेपालमा हिमाल, पहाड, तराई र प्रकृतिले दिएको अनेकौँ सौन्दर्य भएपनि हामीले येसमा हाम्रो तर्फ बाट सौन्दर्य थप्न नसकेको गुनासो उहाँको छ ।

त्रिभुवन विमानस्थलबट अोर्लिएर वानेश्वरसम्म आइपुदा भन्सारका खरदार र सुब्बाका ब्यवहार र अस्थब्यस्थ ट्राफिक देख्दा देश कुनै व्यवस्थाले नभई पशुपतिनाथको कृपाले चलिरहेको महसुस अाफुलाई भएको उहाँले बताउनुभएको छ । नेपाल साँच्चै नयाँ त भएछ तर आफुले सोचेको जस्तो नयाँ भने नभएको उहाँले बताउनुभयो । यहाँ नेपालीत्वको भावना भन्दा पार्टीगत र जातिगत भावना हुँदा व्यक्ति सबल तर देश, धर्म, कर्म र व्यवस्था झन् झन् निर्बल बन्दै गइरहेको उहाँले बताउनु भएको छ । यहाँ बैंक, स्कुल, कलेज अदिहरुको विकास भए पनि मातृभूमी प्रतिको आत्मियतामा भने ह्रास आएको उहाँले पाउनु भएको छ ।

२००४ मा आफुले हाइटी, सोमालिया जस्ता देशहरुलाई जुन हालतमा देखेको थियो आज नेपालमा पनि त्यही हालत देखिएको छ । आफ्नो देशको हालत पनि ती देशहरु जस्तो हुने त होइन ??  भन्ने डरले आफ्नो मुटु कामिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।  यहाँ देशको प्रत्येक छेत्रमा बिकृति र विसंगती छिरेको छ । लोक गीत जस्ता देशका पहिचानमा पनि छाडापन आएकोमा उहाँले चिन्ता ब्यक्त गर्नुभयो । हिजका दिनहरुमा गीत गाउन भोइस टेस्ट र टेलिभिजनमा कार्यक्रम चलाउन स्क्रीन टेस्ट पास हुन पर्ने व्यवस्थाले गुणस्तर प्रदान गरेपनि अहिले भने सबै डामाडोल देखिएको छ ।

नेपाली मन र सम्मानको अपमान हैन बाध्यता र विबस्ताले गर्दा आफुले अमेरीकालाई कर्म थलो बनाउनु परेको उहाँले बताउनु भएको छ । आफु मात्र नभई बिदेशमा रहेका एक तिहाई नेपालीहरु रहरले नभई करले विदेशीन बाध्य भएको उहाँले बताउनु भएको छ । विदेशमा रहेपनि हरेक काममा नेपाली पन र नेपाली मन झाल्काउँदै उहाले लोक संस्कृति र नेपाली पहिचानलाई सधै प्रथिमकता दिनु भएको छ । दसैँ, तिहार, तीज जस्ता नेपाली चाडपर्वहरुमा मौलिकता झिल्किने कार्यक्रम गरेरर होस् या आफ्नै घर भित्र अंग्रेजी निषेध गरेर होस् उहाँले नेपाली कला, भाषा र संस्कृतिलाई विदेशी भूमीमा जीवित राख्न उल्लेखनीय योगदान गर्नुभएको छ । समय र परिस्थितिले जहाँ पुर्याए पनि केहि वर्ष पछि आफु नेपालमै आमा, आफन्त, गीत, संगीत र माटो संगै रहने उहाँको योजना रहेको छ ।

नेपाललाई यो स्थितीबाट पार लगाउन सबै नेपालीमा म नेपाली हुँ र परिवर्तन हाम्रै हातमा छ भन्ने भावनाको विकास हुनु जरुरी छ । जसरी सर्वोच्च अदालतको न्यादिशलाइ ब्ल्याककमेल गर्ने राजनीति भएको छ त्यसको अन्त्य हुनु जरुरी छ । आफ्नो कला संस्कृतिमा छाडापनको समर्थन गर्न आफुलाई धर्म, नैतिकता र नेपालीत्वले कदापी नदिने उहाँले बताउनु भएको छ । आफु अहिले आफ्नो ४१ औँ र ४२ औँ गीति अल्बमको तयारीमा रहेको र आउने दिनहरुमा थुप्रै गीतहरु लिएर आउने पनि उहाँले बताउनु भयो ।

उहाँले नेपाल बसाँइका क्रममा निकाल्नुभएको तीज दोहोरी गीत ” मेरा बुढा झर्के ” तल हेर्न सक्नुहुनेछ

 

सम्बन्धित शिर्षकहरु