आज र भोली काठमाण्डौंमा अष्ट्रेलियन एजुकेशन फेयर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

असार ३० काठमाण्डौं । उच्च शिक्षा अध्यन्यनको लागी अष्ट्रेलिया आउन चाहने नेपाली विध्यार्थीहरुलाई सहयोग गर्न काठमाण्डौमा २ दिने एजुकेशन फेयर हुँदै छ ।

अष्ट्रेलियामा सक्रिय रहेर विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएका परामर्श दाताहरुको साझा संगठन अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्स एलाईन्स एक्काको आयोजनामा आज असार ३० र ३१ गते अथवा जुलाई १४ , १५ तारिखका दिन काठमाडौंको अन्नपुर्ण होटलमा अष्ट्रेलियन एजुकेशन फेयर हुने छ ।  एक्का एजुकेशन एण्ड माईग्रेसन फेयर नाम दिइएको यस प्रदर्शनीमा अष्ट्रेलियामा पढ्न आउन चाहने विद्यार्थीहरुको निम्ति उचित सल्लाह र परामर्श सेवा उपलब्ध गराइने भएको छ । यस फेयरमा २० भन्दा बढी कन्सल्टेन्सीहरुले सहभागिता जनाएका छन् भने अष्ट्रेलियामा सञ्चालित केही कलेजले पनि आफ्नो उपस्थिति जनाएका छन् ।

यसशैक्षिक मेलामा आएका विद्यार्थी र अभिभावकहरुलाई अष्ट्रेलियाको उच्च शिक्षामा प्राप्त हुने सेवा सुविधाका साथै अवसरहरुको विषयमा जानकारी दिइने एक्काका अध्यक्ष निरज श्रेष्ठले बताए । दरबारमार्गस्थित होटल अन्नपूर्णमा विहान १० बजदेखि साँझ ५ बजेसम्म चल्ने प्रदर्शनीका लागि नेपालस्थित अष्ट्रेलियन दूतावासले समेत सहयोग गरेको छ ।

प्रदर्शनीको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले गर्नेछन् । यो प्रदर्शनीमा ट्राभल एजेन्सीहरु, बिमा प्रदायक संस्थाहरुको पनि स्टल रहनेछ । प्रदर्शनीकै विषयमा बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको समेत आयोजना गरिएको थियो । कार्यक्रममा निःशुलक प्रवेशको व्यवस्था मिलाइएको छ ।

57 total views, 2 views today


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments

comments

सम्बन्धित शिर्षकहरु